FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु

  • ७ वटा गाउँपालिका सहित १ वटा नगरपालिका गरी जम्मा ८ रहेका छन् ।
  • गाउँपालिका जम्मा ः ७ (कनका सुन्दरी गाउँपालिका, सिँजा गाउँपालिका, हिमा गाउँपालिका,तिला गाउँपालिका, ताताेपानि गाउँपालिका,गुठिचाैर गाउँपालिका, पातारासी गाउँपालिका)
  • नगरपालिका ः १ (चन्दननाथ नगरपालिका) 
अध्यक्ष र उपाध्यक्ष फोन नम्बर
रज बहादुर शाही ९८५८३२०७११
हिमाली रोकाया 9858320811
वडा अध्यक्षहरू  फाेन नम्बर
विर ब.शाहि १ नं. वडा 9748175456
सर्पजित भण्डारी ३ नं. वडा 9748096372
नैनसिंह रोकाया वडा नं. २ 9748904469
मुन बहादुर बुढा वडा नं. ४ 9868089967
नन्द बहादुर रावत वडा नं. ५ 9868148440
बल बहादुर रावत 9840181030
धिर बहादुर शाही  
कार्यपालिकाका सदस्य फोन नम्बर
वाचे शाही 9869878153
मन शोभा अधिकारी 9748078307
नानि शाही 9748080282
ज्वारा शाही  
रतिवान विक 9748561001
गाउँसभा सदस्य फोन नम्बर
श्याम बहादुर शाही 9848357041
मुनिराम रावत 986428845
शाउने शाही  
चक्र बहादुर शाही 9868961319
भैर रोकाया  
नन्दकलि विक 9869650285
जडेनी शाही  
तिलसरा कामी 9864398039
जैकला नेपालि  
नन्दकलि दमाइ 9868389430
लक्षमि रोकाया 9848926272
सपुरा रोकाया  
वासमति सुनुवार  
गोरेनाथ योगी 9848143505
भिम बहादुर अधिकारी 9748106929
  • साविक ३ वटा गाविस मिलेर हिमा गाउँपालिका बनेकाे हाे (बड्की, कालिकाखेतु, महावैपाथरखाेला)
  • वडा संख्या ः ७ वटा (१ नं. वडा बड्की, २ नं. वडा ओदी, ३ नं. वडा माेफला, ४ नं. वडा कालिकाखेतु, ५ नं. वडा बुअ, ६ नं. वडा महावैपाथर खाेला, ७ नं. वडा धाचु गाउँ)
  • हिमा गाउँपालिकाकाे जम्मा जनसंख्या ः १२२५५
  • जम्मा क्षेत्रफल ः१३२.३२ वर्ग कि.मी
  • घरधुरी जम्मा संख्या ः २३०० 
  • १ नं. वडा बड्कीकाे क्षेत्रफल ः38.33 गाउँ(आचार्यलिही, देवारगाउँ, वड्की)
  • २ नं. वडा ओदीकाे क्षेत्रफल ः12.84 गाउँ (अारी बाडा, पारी वाडा, माथीवाडा)
  • ३ नं. वडा माेफलाकाे क्षेत्रफल ः20.34 (माेफला, चेमा, जाेगिबाडा)
  • ४ नं. वडा कालिकाखेतुकाे क्षेत्रफल ः 8.12 (सिम्तेली,जार्जि,तलिकुडु, कालिकाखेतु)
  • ५ नं. वडा बुअकाे क्षेत्रफः 23.59 (चिउडी, सानाे मर्ची, बुअ)
  • ६ नं. वडा महावैपाथर खाेलाकाे क्षेत्रफल ः 17.59 (पारी कुडु, खलढुङ्गा,)
  • ७ नं. वडा धाचु गाउँकाे क्षेत्रफल ः 13.29 (नुवा गाउँ, ठुलाे चिउँडी, मर्ची)
  • जम्मा वडा काे क्षेत्रफल ः 132.32

 

 

  • जम्मा १० जिल्ला प्रदछन् ।
  • डाेल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकाेट, सल्यान, रूकुम, जाजरकाेट, दैलेख, सुर्खेत ।
  • राजधानि सुर्खेत (अ)
  • जनसंख्या ः ११,६८,५१५
  • क्षेत्रफल ः २७,९८४ बर्ग कि.मी
  • प्रदेश प्रमुख ः दुर्गाकेशर खनाल
  • मुख्य मन्त्रि ः महेन्द्र बहादुर शाही (नेकपा)
  • कानुन मन्त्रि ः नरेश भण्डारी

नेपालको संविधान २०७२ नेपालको विद्यमान संविधान हो । यो नेपालको संविधान सभाले बनाएको हो । यो जनताका प्रतिनिधिले पारित गरेको पहिलो र नेपालको सातौं संविधान हो । संविधान सभाको दोश्रो निर्वाचनबाट निर्वाचित संविधान सभाले २०७२ साल भदौ ३० गते यो संविधान २ तिहाई भन्दा बढी मतले पारित गरेको हो । साथै नेपालकै इतिहासमा जनता माझ गएर मस्यौदा तयार गरिएको यो पहिलो र विश्वको सबैभन्दा पछिल्लो संविधान हो । नेपालको तराई क्षेत्रका केही जिल्लाहरूमा यस विरुद्ध आवाज उठाइए पनि यो संविधान नब्बे प्रतिशतभन्दा बढीको बहुमतमा राष्ट्रपतिबाट घोषणा गरिएको हो ।[१][२][३] यो संविधान २०७२ असोज १ गते संविधानसभाका बहुमत सदस्यहरूबाट हस्ताक्षर भएपछि सभाध्यक्ष बाट प्रमाणित गरिएको थियो । संविधान २०७२ असोज ३ गते नेपालका राष्ट्रपति रामवरण यादवले नेपालको संविधान २०७२ मा हस्ताक्षर गर्दै संविधान जारी भएको घोषणा गरी लागू गरिएको हो ।[४]यस संविधानमा ३५ भाग ३०८ वटा धारा र ९ वटा अनुसूचीहरू रहेका छन्। संविधानले नेपाललाई पहिलो पटक धर्म निरपेक्ष राज्य घोषित गरेको छ ।

प्रस्तावना

हामी सार्वभौमसत्तासम्पन्‍न नेपाली जनता नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्‍ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशाासनको अधिकारलाई आत्मसात गर्दै राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक–पटक गर्दै आएका ऐतिहासिक जन आन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण एवं शहीदहरू तथा बेपत्ता र पीडित नागरिकहरूलाई सम्मान गर्दै;सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै; वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गर्दै जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानुनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्न; संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधान सभाबाट पारित गरी यो संविधान जारी गर्दछौ ।

भाग–१ प्रारम्भिक

(१) संविधान मूल कानुन
(२ )सर्वभौमसत्ता र राज्यकीयसत्ता 
(३) राष्ट्र
(४) नेपाल राज्य
(५) राष्ट्रीय हित
(६) राष्ट्र भाषा
(७) सरकारी कामकाजको भाषा
(८) राष्ट्रीय झण्डा
(९) राष्ट्रीय गान इत्यादि [५]

भाग–२ नागरिकता

(१०) नागरिकताबाट बञ्चित नगरिने 
(११) नेपाली नागरिक ठहर्ने 
(१२) वंशीय आधार तथा लैङ्गिक पहिचान सहितको नागरिकता 
(१३) नागरिकता प्राप्ति, पुनः प्राप्ति र समाप्ति 
(१४) गैर आवासिय नागरिकता प्राप्त गर्न सकिने 
(१५) नेपाली नागरिकता सम्बन्धि अन्य व्यवस्था

भाग-३ मौलिक हक र कर्तव्य

(१६) सम्मानपुर्वक वाच्न पाउने हक 
(१७) स्वतन्त्रताको हक 
(१८) समानताको हक 
(१९) सञ्चारको हक 
(२०) न्याय सम्बन्धी हक 
(२१) अपराध पीडितको हक
(२२) यातना विरूद्धको हक
(२३) निवारक नजरबन्द विरूद्धको हक
(२४) छुवाछुत र भेदभाव विरूद्धको हक
(२५) सम्पत्तिको हक
(२६) धार्मिक स्वतन्त्राको हक
(२७) सूचनाको हक
(२८) गोपनीयताको हक
(२९) शोषण विरूद्धको हक
(३०) स्वच्छ वातावरणको हक
(३१) शिक्षा सम्बन्धी हक
(३२) भाषा र संस्कृतिको हक
(३३) रोजगारको हक
(३४) श्रमको हक
(३५) स्वास्थ्य सम्बन्धी हक
(३६) खाद्य सम्बन्धी हक
(३७) आवासको हक
(३८) महिलाको हक
(३९) बालबालिकाको हक (४०) दलितको हक
(४१) ज्येष्ठ नागरिकको हक
(४२ )सामाजिक न्यायको हक
(४३) सामाजिक सुरक्षाको हक
(४४) उपभोक्ताको हक
(४५) देश निकाला विरुद्धको हक
(४६) संबैधानिक उपचारको हक
(४७) मौलिक हकको कार्यन्यायन
(४८) नागरिकका कर्तब्य

भाग–४ राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व

(

(५०) निर्देशक सिद्धान्त 
(५१) राज्यका नीतिहरू
(५२) राज्यको दायित्व
(५३) प्रतिवेदन पेश गर्ने
(५४) अनुगमन सम्बन्धी व्यवस्था
(५५) अदालतमा प्रश्न उठाउन नसकिने

भाग–५ राज्यको संरचना र राज्य शक्तिको बाँडफाँड

(५६) राज्यको संरचना
(५७) राज्य शक्तिको बाँडफाँड
(५८) अविशिष्ट अधिकार
(५९) आर्थिक अधिकारको प्रयोग
(६०) राजश्व स्रोतको बाँडफाँड

भाग–६ राष्ट्रपति र उपराष्ट्रपति

(६१) राष्ट्रपति
(६२) राष्ट्रपतिको निर्वाचन
(६३) राष्ट्रपतिको पदावधि
(६४) राष्ट्रपतिको योग्यता
(६५) राष्ट्रपतिको पद रिक्त हुने अवस्था
(६६) राष्ट्रपतिको काम, कर्तव्य र अधिकार
(६७) उपराष्ट्रपति
(६८) उपराष्ट्रपतिको पद रिक्त हुने अवस्था
(६९) उपराष्ट्रपति सम्बन्धी अन्य व्यवस्था
(७०) राष्ट्रपति र उपराष्ट्रपति फरक फरक लिङ्ग वा समुदायको हुने
(७१) राष्ट्रपति र उपराष्ट्रपतिको सपथ
(७२) राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुबिधा
(७३) राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालय

भाग–७ संघीय कार्यपालिका

(७४) शासकीय स्वरूप
(७५) कार्यकरणी अधिकार 
(७६) मन्त्रीपरिषद गठन 
(७७) प्रधानमन्त्री तथा मन्त्रीपरिषद रिक्त हुने अवस्था 
(७८) संघीय संसदको सदस्य नभाको व्यक्ति मन्त्री हुने 
(७९) प्रधानमन्त्री र मन्त्रीको पारि श्रमिक तथा अन्य सुविधा 
(८०) शपथ 
(८१) राष्ट्रपतिलाई जानकारी दिन 
(८२) नेपाल सस्कारको कार्य सञ्चालन

संघियब्यवस्थापिका=भाग–८ संघीय व्यवस्थापिका

(८३) संघीय व्यवस्थापिका 
(८४) प्रतिनिधि सभाको गठन 
(८५) प्रतिनिधि सभाको कार्यकाल 
(८६) राष्ट्रीय सभा को गठन र सदस्यहरुको पदावधि 
(८७) सदस्यको लागि योग्यता 
(८८) शपथ 
(८९) स्थानको रिक्तता 
(९०) सदस्यताको लागि अयोग्यता सम्बन्धी निर्णय 
(९१) प्रतिनिधि सभाको सभामुख र उपसभामुख 
(९२) राष्ट्रीय सभाको अध्यक्ष र उपाघ्यक्ष 
(९३) अधिवेशन आहवन र अन्त्य 
(९४) गण पूरक संख्या 
(९५) राष्ट्रपतिबाट सम्बोधन 
(९६) उपप्रधानमन्त्री, प्रधानमन्त्री, राज्य मंत्री र सहायक मन्त्रीले दुबै बैठकमा भाग लिन पाउने 
(९७) समितिको गठन 
(९८) सदस्यको स्थान रिक्त रहेको अवस्थामा सदनको कार्य सञ्चालन 
(९९) मतदान 
(१००) बिस्वासको मत र अबिस्वाशको प्रस्ताब सम्बन्धी व्यवस्था 
(१०१)महाअभियोग 
(१०२) अनधिकार उपस्थित भएमा वा मतदान गरेमा सजाय 
(१०३) बिशेषाधिकार 
(१०४) कार्य सञ्चालन बिधि 
(१०५) बहसमा बन्देज 
(१०६) संघीय संसधको महासचिब र सचिब 
(१०७) संघीय संसदको सचिबालय 
(१०८) पारिश्रमिक 

भाग–९ संघीय व्यवस्थापन कार्यविधि

(१०९) संघीय संसदको व्यवस्थापिकीय अधिकार 
(११०) बिधेयक प्रस्तुत गर्ने बिधि 
(१११) बिधेयक पारित गर्ने बिधि 
(११२) बिधेयक फिरता लिने 
(११३) बिधेयकमा प्रमाणीकरण 
(११४) अध्यादेश

भाग–१० संघीय आर्थिक कार्यप्रणालि

(११५) कर लगाउन वा ऋण लीन नपाउने
(११६) संघीय संचित कोष 
(११७) संघीय संचित कोष वा संघीय सरकारी कोषबाट व्यय 
(११८) संघीय संचित कोषमाथि व्ययभार 
(११९) राजस्व र व्ययको अनुमान 
(१२०) बिनियोजन ऐन 
(१२१) पूरक अनुमान 
(१२२) पेस्कि खर्च 
(१२३) उधारो खर्च 
(१२४) संघीय आकस्मिक कोष 
(१२५) आर्थिक कार्य बिधि सम्बन्धी ऐन 

भाग–११ न्यायपालिका

(१२६) न्याय सम्बन्धी अधिकार अदालत बाट प्रयोग हुने
(१२७) अदालतहरु 
(१२८) सर्वोच्च अदालत 
(१२९) नेपालको प्रधान न्यायाधीस तथा सर्वोच्च अदालत्को नियुक्त र योग्यता 
(१३०) प्रधान न्यायाधीश तथा न्यायाधीश को सेवाका सर्त र सुविधा 
(१३१) प्रधान न्यायाधीश वा सर्वोच्च अदालत को न्यायाधीश को पद रिक्त हुने 
(१३२) प्रधान न्यायाधीश तथा सर्वोच्च अदालत को न्यायाधीश लाइनमा अन्य कुनै काम मा लगाउन नहुने 
(१३३) सर्वोच्च अदालत को अधिकार क्षेत्र 
(१३४) मुद्दा सार्न सक्ने 
(१३५) बहस,पैरवी गर्न नपाउने 
(१३६) प्रधान न्यायाधीश को जिम्मेवारी 
(१३७) संबैधानिक इजलास को गठन 
(१३८) बार्षिक प्रतिबेदन 
(१३९) उच्च अदालत 
(१४०) उच्च अदालत का मुख्य न्यायाधीश तथा न्यायाधीश को नियुक्त्ति र योग्यता 
(१४१) मुख्य न्यायाधीश तथा न्यायाधीश को सेवाका सर्त तथा सुबिधा 
(१४२) मुख्य न्यायाधीश वा न्यायाधीश को पद रिक्त हुने 
(१४३) मुख्य न्यायाधीश तथा न्यायाधीस लाई अन्य कुनै काममा लगाउन नहुने र सरुवा सम्बन्धी व्यवस्था 
(१४४) उच्च अदालत को अधिकार क्षेत्र 
(१४५) मुद्दा सार्न सक्ने 
(१४६) बहस र पैरवी गर्न पाउने 
(१४७) न्यायाधीश को जिम्मेवारी 
(१४८) जिल्ला अदालत 
(१४९) जिल्ला अदालत को न्यायाधीश को नियुक्ती, योग्यता तथा पारिश्रमिक र सेवाका अन्य सर्त 
(१५०) जिल्ला न्यायाधिशलाई अन्य कुनै काममा लगाउन नहुने र सरुवा समबन्धि 
(१५१) जिल्ला अदालतको अधिकारको क्षेत्र 
(१५२) विशिष्टीकृत अदालत 
(१५३) न्याय परिषद 
(१५४) न्याय सेवा आयोग 
(१५५) सेवाका शर्त र सुविधा सम्बन्धी व्यवस्था 
(१५६) प्रदेश न्याय सेवा आयोग सम्बन्धी व्यवस्था 

भाग–१२ महान्यायाधिवक्ता

(१५७) महान्यायाधिवक्ता 
(१५८) महान्यायाधिवक्ता को काम कर्तव्य र अधिकार 
(१५९) बार्षिक प्रतिवेदन 
(१६०) मुख्य न्यायाधिवक्ता 
(१६१) सेवाका सर्त र सुबिधा सम्बन्धी व्यवस्था 

भाग–१३ प्रादेशिक कार्यपालिका

(१६२) प्रादेशिक कार्यकाराणी अधिकार <br (१६३) प्रदेश सम्बन्धी व्यवस्था 
(१६४) प्रदेश प्रमुखको योग्यता 
(१६५) प्रदेश प्रमुख्को पद रिक्त हुने अवस्था 
(१६६) प्रदेश प्रमुखको काम,कर्तब्य र अधिकार 
(१६७) प्रदेश प्रमुख्को शपथ 
(१६८) प्रदेश मन्त्रीपरिषदको गठन 
(१६९) मुख्य मन्त्री तथा मन्त्रीको पद रिक्त हुने अवस्था 
(१७०) प्रदेश सभाको सदस्य नभएको व्यक्ति मन्त्री हुन सक्ने 
(१७१) मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक र अन्य सुबिधा 
(१७२) शपथ 
(१७३) प्रदेश प्रमुख लाई जानकारी दिने 
(१७४) प्रदेश सरकार को कार्य सञ्चालन 

भाग- १४ प्रदेश व्यवस्थापिका

(१७५) प्रदेश व्यवस्थापिका
(१७६) प्रदेश सभा को गठन <br (१७७) प्रदेश सभाको कार्यकाल 
(१७८) प्रदेश सभाको सदस्य का लागि योग्यता 
(१७९) प्रदेश सभाका सदस्य को शपथ 
(१८०) प्रदेश सभाका सदस्य को स्थान रिक्त हुने 
(१८१) प्रदेश सभाको सदयका अयोग्यता सम्बन्धी निर्णय 
(१८२) प्रदेश सभाको सभामुख र उपसभामुख 
(१८३) प्रदेश सभाको अधिबेशन आव्हान र अन्त्य 
(१८४) प्रदेश प्रमुखबाट सम्बोधन 
(१८५) प्रदेश सभाको गुण पुरक संख्या 
(१८६) प्रदेश सभाको मतदान 
(१८७) प्रदेश सभाको बिषेशाधिकार 
(१८८) विश्वासको मत र अविश्वासको प्रस्ताव सम्बन्धी व्यवस्था 
(१८९) मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीले प्रदेश सभाको बैठकमा भाग लिन 
(१९०) प्रदेश सभामा अनधिकार उपस्थित भएमा वा मतदान गरेमा सजाय 
(१९१) बहसमा बन्देज 
(१९२) सदस्यको स्थान रित्त रहेको अवस्थामा प्रदेश सभाको कार्य सञ्चालन 
(१९३) प्रदेश सभाले समिति गठन गर्न सक्ने 
(१९४) प्रदेश सभाको कार्य सञ्चालान विधि 
(१९५) प्रदेश सभाको सचिव र सचिवालय
(१९६) पारिक्षमिक 

भाग–१५ प्रादेशक व्वस्थापन कार्यविधि

(१९७) प्रदेश सभाको व्यवस्थापिकीय अधिकार 
(१९८) प्रदेश सभामा विधेयक प्रस्तुत गर्ने विधि 
(१९९) विधेयक पारित गर्ने विधि 
(२००) विधेयक फिर्ता लिन सक्ने 
(२०१) विधेयकमा प्रमाणीकरण 
(२०२) अध्यादेश 

भाग–१६ प्रादेशिक आर्थिक कार्यप्रणाली

(२०३) कर लगाउन वा ऋण लिन नपाइने 
(२०४) प्रदेश सन्चित कोष 
(२०५) प्रदेश संचीय कोष वा प्रदेश सरकारी कोषबाट व्यय 
(२०६) प्रदेश सन्चित कोषमाथि व्ययभार 
(२०७) राजस्व र व्ययको अनुमान 
(२०८) प्रदेश विनियिजन ऐन 
(२०९) पूरक अनुमान 
(२१०) पेश्की खर्च 
(२११) उधारो खर्च 
(२१२) प्रदेश आकस्मिक कोष 
(२१३) आर्थिक कार्यविधि सम्बन्धी ऐन 

भाग–१७ स्थानीय कार्यपालिका

(२१४) स्थानीय तहको कार्यकारिणी अधिकार 
(२१५) गाउँ कार्यपालिका अध्यक्ष र उपाध्यक्ष सम्बन्धी व्यवस्था 
(२१६) नगर कार्यपालिका प्रमुख र उपप्रमुख सम्बन्धी व्यवस्था 
(२१७) न्यायिक समिति 
(२१८) गाउँ कार्यपालिका र नगर कार्यपालिकाको कार्य सञ्चालन 
(२१९) स्थानीय तहको कार्यकारिणी सम्बन्धी अन्य व्यवस्था 
(२२०) जिल्ला सभा र जिल्ला समन्वय समिति 

भाग–१८ स्थानीय व्यवस्थापिका

(२२१) स्थानीय तहको व्यवस्थापिकीय अधिकार 
(२२२) गाउँ सभाको गठन 
(२२३) नगर सभाको गठन 
(२२४) गाउँ सभा र नगर सभाको अध्यक्ष र उपाध्यक्ष 
(२२५) गाउँ सभा र नगर सभाको कार्यकाल 
(२२६) कानुन बनाउन सक्ने 
(२२७) गाउँ सभा र नगर सभा सम्बन्धी अन्य व्यवस्था 

भाग–१९ स्थानीय आर्थिक कार्यप्रणाली

(२२८) कर लगाउन वा ऋण लिन नपाइने 
(२२९) स्थानीय सन्चित कोष 
(२३०) गाउँपालिका र नगरपालिका राजस्व र व्ययको अनुमान 

भाग–२० संघ, प्रदेश र स्थानीय तह वीच अन्तरसम्बन्ध

(२३१) संघ, प्रदेश बीचको व्यवस्थापिकीय अन्तरसम्बन्ध 
(२३२) संघ, प्रदेश र स्थानीय बीचको सम्बन्ध 
(२३३) प्रदेश-प्रदेश बीचको सम्बन्ध 
(२३४) अन्तर प्रदेश परिषद 
(२३५) संघ, प्रदेश र स्थानीय स्थानीय तह वीचको 
(२३६) अन्तर प्रदेश व्यापार 
(२३७) सर्वोच्च अदालतको संवैधानिक इजलासको अधिकार क्षेत्रमा असर नपर्ने 

भाग–२१ अख्तियार दुरुपयोग अनुसन्धान आयोग

(२३८) अख्तियार दुरुपयोग अनुसन्धान आयोग 
(२३९) अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम, कर्तव्य र अधिकार 

भाग–२२ महालेखा परीक्षक

(२४०) महालेखा परीक्षक 
(२४१) महालेखा परीक्षकको काम, कर्तव्य र अधिकार 

भाग–२३ संघीय लोक सेवा आयोग

(२४२) लोक सेवा आयोग 
(२४३) लोक सेवा आयोगको काम, कर्तव्य र अधिकार 
(२४४) प्रदेश लोक सेवा आयोग सम्बन्धी व्यवस्था 

भाग–२४ निर्वाचन आयोग

(२४५) निर्वाचन आयोग 
(२४६) निर्वाचन आयोगको काम, कर्तव्य र अधिकार 
(२४७) आवश्यक सहयोग गर्नु पर्ने 

भाग–२५ राष्ट्रिय मानव अधिकार आयोग

(२४८) राष्ट्रिय मानव अधिकार आयोग 
(२४९) राष्ट्रिय मानव अधिकार आयोगको काम, कर्तव्य र अधिकार 

भाग–२६ राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोग

(२५०) राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोग 
(२५१) राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोगको काम, कर्तव्य र अधिकार 

भाग–२७ अन्य आयोगहरू

(२५२) राष्ट्रिय महिला आयोग 
(२५३) राष्ट्रिय महिला आयोगको काम, कर्तव्य र अधिकार 
(२५४) प्रदेशमा कार्यालय स्थापना गर्न सक्ने 
(२५५) राष्ट्रिय दलित आयोग 
(२५६) राष्ट्रिय दलित आयोगको काम, कर्तव्य र अधिकार 
(२५७) प्रदेशमा कार्यालय स्थापना गर्न सक्ने 
(२५८) राष्ट्रिय समावेशी आयोग 
(२५९) राष्ट्रिय समावेशी आयोगको काम, कर्तव्य र अधिकार 
(२६०) प्रदेशमा कार्यालय स्थापना गर्न सक्ने 
(२६१) आदिवासी जनजाति आयोग 
(२६२) मधेशी आयोग 
(२६३) थारु आयोग 
(२६४) मुस्लिम आयोग 
(२६५) आयोगको पुनरावलोकन 

भाग–२८ राष्ट्रिय सुरक्षा सम्बन्धी व्यवस्था

(२६६) राष्ट्रिय सुरक्षा परिषद 
(२६७) नेपाली सेना सम्बन्धी व्यवस्था
(२६८) नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान सङ्गठन सम्बन्धी व्यवस्था 

भाग–२९ राजनीतिक दल सम्बन्धी व्यवस्था

(२६९) राजनीतिक दलको गठन , दर्ता र सन्चालन 
(२७०) राजनीतिक दललाई प्रतिबन्ध लागौं बन्देज 
(२७१) राजनीतिक दलको रुपमा निर्वाचनका लागि मान्यता प्राप्त गर्न दर्ता गराउनु पर्ने 
(२७२) राजनीतिक दल सम्बन्धी अन्य व्यवस्था 

भाग–३० संकटकालीन अधिकार

(२७३) संकटकालीन व्यवस्था 

भाग–३१ संविधान संशोधन

(२७४) संविधान संशोधन 

भाग–३२ विविध

(२७५) जनमत संग्रह सम्बन्धी 
(२७६) माफी 
(२७७) उपाधी, समान र विभूषण 
(२७८) सन्धि सम्पन्न गर्ने अधिकार 
(२७९) सन्धि वा सम्झौताको अनुमोदन, सम्मिलन, स्वीकृति वा समर्थन 
(२८०) राष्ट्रियपति कार्य गर्ने सम्बन्धी विशेष व्यवस्था 
(२८१) विशेष अधिकारको समिक्षा तथा पुनरावलोकन 
(२८२) राजदुत र विशेष प्रतिनिधि 
(२८३) समावेशी सिधदान्त बमोजिम नियुक्ति गर्नु पर्ने 
(२८४) संवैधानिक परिषद संबन्धी व्यबस्था सरकारी सेवाको गठन 
(२८५) सरकारी सेवाको गठन 

(२८६) निर्वाचन क्षेत्रको निर्धारण आयोग 
(२८७) भाषा आयोग 
(२८८) राजधानी 
(२८९) पदाधिकरिको नागरिकता सम्बन्धी विशेष व्यवस्था 
(२९०) गुठि समन्धी व्यवस्था 
(२९१) नियुक्तिका लागि योग्य नहुने 
(२९२) संसदीय सुनुवाई सम्बन्धी व्यवस्था 
(२९३) संवैधानिक काम कारवाहीको अनुगमन 
(२९४) संवैधानिक निकायको वार्षिक प्रतिवेदन 

भाग–३३ संक्रमणकालीन व्यवस्था

(२९५) संधीय आयोगको गठन 
(२९६) संविधान सभा व्यवस्थापिका-संसदमा रुपान्तरण हुने 
(२९७) राष्ट्रपति र उपराष्ट्रपति संबन्धी व्यवस्था 
(२९८) मन्त्रिपरिषद्को गठन सम्बन्धी व्यवस्था 
(२९९) सभामुख र उपसभामुख सम्बन्धी व्यवस्था 
(३००) न्यापालिका सम्बन्धी व्यवस्था 
(३०१) संवैधानिक निकाय र पदाधिकारी संबन्धी व्यवस्था 
(३०२) प्रदेश र स्थानीय तहमा सरकारी सेवाहरुको गठन र संचालन 
(३०३) स्थानीय निकाय संबन्धी व्यवस्था 
(३०४) वर्तमान कानुन लागु रहने 
(३०५)बाधा अड्काउ फुकाउने अधिकार 

 

 

जुम्ला जिल्लाकाे हिमा गाउँपालिका अन्तरर्गत वडा नं. २ मा लामा बिष्णु  काे चर्चित धार्मिक मेला असाेज पुनि वा कात्तिक महिनामा लाग्द छ ।

  • जुम्ला जिल्लाकाे हिमा गाउँपालिका अन्तरगत वडा नं. ७ मा  धार्मिक मेला  अइडाकाेट साउँ महिना वा भाद्र महिनामा लाग्द छ।
  • जुम्ला जिल्लाकाे हिमा गाउँपालिका वडा नं. ५ बाँजागाडमा प्रर्द छ ।

 धानमा पात बेरुवा कीरा नियन्त्रण गर्न के गर्नुपर्ला ?

धानमा ५ प्रतिशत बोटहरुमा नोक्सान पुर्याेउना साथ मालाथायन २ मि.लि. वा साइपरमेथ्रीन (१० ई.सी.) ०.४ मि. लि. प्रति लिटर पानीमा मिसाइ छर्कने ।
धानको फड्के कीरालाइ रसायनिक तरिकाले ब्यवस्थापान कसरी गर्ने ?

रसायनिक विषादि ईमिडागोल्ड (ईमिडाक्लोप्रिड) ०.५ मि.लि. प्रति लि. पानीमा मिसाएर छर्ने ।
 धानको फड्के कीरालाई जैबिक तरिकाले ब्यवस्थापन कसरी गर्न सकिन्छ ?

यो कीरा बत्तीमा आकर्षित हुने हुनाले यिनलाई बत्तीको फन्दामा पारेर मार्न सकिन्छ ।

 धानमा गवारो कीराको ब्यवस्थापान कसरी गर्ने ?

रोगर वा ईमिडागोल्ड (ईमिडाक्लोप्रिड) २ ग्राम प्रति लिटर पानीमा मिसाइ प्रयोग गर्न सकिन्छ ।
धानमा खैरा रोगको रोकथाम गर्न के गर्नुपर्ला ?

धान रोपी सकेपछि यो समस्या आएमा ५ किलो ग्राम जि सल्फेट र २.५ किलो ग्राम चुन (घर पोत्ने चुन) प्रति हजार लिटर पानीमा मिसाई एक हेक्टरका दरले छर्कने ।
धानमा खैरा रोगको लक्षण कस्तो हुन्छ ?

रोग लागेमा गाँज कम हाल्ने, बोट होचो हुने र तल्ला पातहरु पहेंलिने हुन्छन् । पहेंलोपन प्रायः पातका नसाहरुको बीचमा देखापर्छ ।
धानमा कालो पोके रोगको रोकथाम गर्न के गर्नुपर्ला ?

कार्बेन्डाजिम २.५ ग्राम प्रति कि.ग्रा बीउका दरले उपचार गर्ने । बीउ छर्नुभन्दा ५ देखि ७ दिन अघि नै बीउ उपचार गर्नुपर्दछ ।

 धानमा कालो पोके रोग भनेको के हो ?

यो रोगले गर्दा धानको बालामा दानाको सट्टा ढुसीका बिजाणुहरुको पोको बन्न जान्छ । यो पोको बाहिरबाट हरियो र भित्र पहेलो वा सुन्तला रङ्गको हुन्छ । पछि गएर यो पोको कालो रुपमा परिणत हुन्छ ।
धानमा फेद कुहिने रोगको रोकथाम के होला ?

यो रोग बीउवाट सर्ने भएकोले बीउलाई कार्बेन्डाजिम ३ ग्राम प्रति के.जी. बीउलाई उपचार गरेर मात्र ३ दिन पछि ब्याड राख्ने । यो बिधि खुमल ४ धानको जातको लागि आवश्यक छ।
धानमा फेद कुहिने रोगको लक्षण के होला ?

रोगी बेर्ना या बोटहरु स्वस्थ बेर्ना बोटहरु भन्दा अग्लो हुने, पहेंलिने र कुहिएर मर्ने गर्दछन् ।
धानमा डढुवा रोगको ब्यवस्थापान कसरी गर्ने ?

डढुवा रोगको लक्षण देखिएको शुरुको अवस्थामा २ किलोग्राम गाईको गोबर १० लीटर पानीमा २ घण्टा सम्म भिजाउने र मसिनो कपडाले छानिसके पछि १०० ग्राम म्यूरेट अफ पोटास (पोटास मल), १० ग्राम बेसार मिसाएर  घोल तयार पारी स्प्रेयरले छर्केर ।
धान बाली काट्ने समय कसरी थाहा पाउने ?

 प्रतिशत दाना पाकिसके पछि वाली काट्नुपर्छ ।

रसायनिक बिधिबाट झारपात नियन्त्रण कसरी गर्ने ?

झारपात नियन्त्रणको लागि बेर्ना रोपेको २–३ दिन भित्र पानीमा पातलो झिल्ली हुने गरि ब्युटाक्लोर २ मि.ली. प्रति लीटर पानीमा मिसाएर छर्न पनि सकिन्छ ।
धानमा झारपात नियन्त्रण कसरी गर्ने ?

सामान्यतया बेर्ना रोपेको ३०˗३५ दिनपछि पहिलो गोडाई र झारपातको प्रकोप हेरी रोपेको ५५˗६० दिनमा दोस्रो गोडाई गर्नु पर्दछ ।
धानको बीउ छर्ने र रोप्ने समय कहिले हो ?

उच्च पहाडमाः  बैशाख˗जेठमा बीउ छरी जेठ˗आषाढमा रोपिन्छ ।

मध्य पहाडमाः  बैशाख˗जेठमा बीउ छरी जेठ˗श्रावणमा रोपिन्छ ।

तराईमाः जेठ˗आषाढमा बीउ छरी आषाढ˗श्रावणमा रोपिन्छ ।
 धानखेतमा पानीको मात्रा अवस्था अनुसार कसरी ब्यवस्था गर्नुपर्दछ ?

रोपाई गर्दा २˗३ से.मी. पानी हुनुपर्दछ । रोपाईको ३ दिनसम्म सिंचाई नदिने र त्यसपछि खेतमा लगातार ५ से.मी. सम्म पानी जमाउनुपर्दछ । गोडाई र मलखाद टपड्रेस गर्दा ५ दिन सम्म पानी कटाउनुपर्दछ।बाला पसाउने र फूल फुल्ने अवस्थामा खेतमा १० से.मी. पानी जमाई राख्नुपर्दछ।धान काट्ने अवस्था भन्दा १०˗१५ दिन अगाडि देखि खेतबाट पुर्णरुपमा पानी कटाउनुपर्दछ ।
असिंचित क्षेत्रमा धानको लागि मल खाद कति आवश्यक पर्दछ ?

प्रति

के.जी.मा

डि.ए.पी.

रिया

पोटास

गोबर मल

रोपनी

2.1

5.6

1.6

300

कठ्ठा

1.4

3.7

1.1

200

 सिंचित क्षेत्रमा धानको लागि मलखाद कति आवश्यक पर्दछ ?

प्रति

के.जी.मा

डि.ए.पी.

रिया

पोटास

गोबर मल

रोपनी

3.12

9.5

2.5

300

कठ्ठा

2.2

6.2

1.7

200

धानको बेर्ना रोपेपछि पानी धेरै दिन सम्म टिकाउन के गर्नुपर्ला ?

माटोलाई राम्रो सँग हिल्याएर एकनासले बाउसे (रोपाई गर्दा खेतको हिलो सम्याउने काम) गरेर हिलो माटो सम्याउनुपर्दछ ।
धानको बेर्नाको उमेर कति हुनुपर्दछ ?

छिटो पाक्ने जातको लागि ३ देखि ४ हप्तासम्मको बेर्ना र ढिलो पाक्ने जातको लागि ४ देखि ५ हप्ताको बेर्ना उपयुक्त हुन्छ ।
 धानको बीउ दर कति हो ?

१.६ के.जी. प्रति कठ्ठा वा २.५ के.जी प्रति रोपनी वीउ पर्याप्त हुन्छ ।
धानको बीउलाई के ले उपचार गर्नुपर्दछ ?

कार्बेन्डाजिम २.५ ग्राम प्रति कि.ग्रा. बीउका दरले उपचार गर्ने । बीउ छर्नुभन्दा ५ देखि ७ दिन अघि नै बीउ उपचार गर्नुपर्दछ ।
 धानको बीउको लागि बीउ छनौट कसरी गर्ने ?

बीउ छान्दा १० लिटर पानीमा १.६५ कि.ग्रा. खाने नुन घोलेर तयार पारिएको घोलमा बीउलाई हाल्नुपर्दछ । यसो गर्दा पुष्ट र असल बीउ पिँधमा र कमसल बीउ पानीको सतहमा आउछ । थिग्रिएको बीउलाइ पानीबाट निकाली, सफा पानीले पखाल्नुपर्दछ र बीउको लागि प्रयोग गर्ने ।

धान कति किसिमले लगाउन सकिन्छ ?

धान तिन किसिमले लगाउन सकिन्छः (१) हिल्याएर बेर्ना रोप्ने (२) पाखो जमिनमा धानको बीउ छर्ने र (३) जमिन हिल्याएर बीउ छर्ने (छरुवा धान) ।
 धान खेतीको लागि उपयुक्त माटोको पि.एच. कति हो ?

धान खेतीको लागि माटोको पि.एच ६.५ देखि ७.५ उपयुक्त मानिन्छ ।
धान खेतीको लागि कस्तो माटो उपयुक्त हुन्छ ?

धान खेती बलौटे माटो बाहेक सबै प्रकारको माटोमा गरिन्छ । यसो भएता पनि पाँगोको मात्रा बढी भएको चिम्ट्याइलो दोमट मलिलो माटो राम्रो हुन्छ ।
बीउ उम्रनको लागि माटोमा न्युनतम तापक्रम कति आवश्यक हुन्छ ?

बीउ उम्रनको लागि माटोमा न्युनतम १० देखि १५ डिग्री सेन्टिग्रेड (डि.से.) तापक्रम आवश्यक हुन्छ ।
नेपालको तराइ तथा भित्री मधेशको लागि उपयुक्त धानका बर्णशंकर जातहरु के के हुन् ?

तराई तथा भित्री मधेशको लागि पन्जिकृत धानका बर्णशंकर जातहरुः डि.वाई १८, डि.वाइ ६९, यु.एस. ३१२, एराईज ६४४४, गोरखनाथ ५०९ ।
 हाईब्रिड धानका जातहरु भन्नाले के बुझिन्छ ?

दुई भिन्न आनुवांशिक श्रोत भएका धानहरु विच क्रस गराएर निकालिएको प्रथम पुस्ताको धानका जातहरुलाई हाईब्रिड धान भनिन्छ ।
हालै मध्य पहाड र तल्लो पहाडको लागि सिफारिश गरिएको जात के हो ?

खुमल ८ धानको जात मध्य पहाड र तल्लो पहाडको लागि बि.सं २०६३ सालमा सिफारिश गरिएको हो ।
खुमल १० धानको जातको बिशेष गुणहरु के के छन् ?

पाक्ने अवधिः १३६ दिन,  औसत उचाई १०५.८ से.मी, उत्पादकत्व ४७७८ के.जी. प्रति हेक्टर।६० दिनसम्मको बेर्ना रोप्दा पनि राम्रो उत्पादन लिन सकिन्छ । असिन्चित क्षेत्रहरुको लागि उपयुक्त र छरुवा धानको रुपमा पनि खेति गर्न सकिने जस्ता गुणहरु रहेका छन् ।
 खुमल १० धानको जात कुन क्षेत्रको लागि सिफारिश गरिएको छ ?

काठमाण्डौ उपत्यका र सो सरहको हावापानी भएको पहाडी क्षेत्रको लागि सिफारिश गरिएको छ।
 पोखरेली जेठोबुढो धानको जात कुन क्षेत्रको लागि सिफारिश गरिएको छ ?

यो बर्षे धान पोखरा उपत्यका र यस आसपासका क्षेत्रहरु (६०० देखि ९०० मिटर उचाई) को लागि सिफारिस गरिएको हो ।
 जुम्ला वा सो सरहको क्षेत्रको लागि सिफारिस गरिएको धानका जातहरु के के छन् ?

चन्दननाथ १, चन्दननाथ ३ धान जुम्ला वा सो सरहको हावापानी हुने क्षेत्रको लागि सिफारिस गरिएको छ ।
हर्दिनाथ १ धानको जात कस्तो बाली प्रणालीमा लगाउन सकिन्छ ?

धान˗धान˗बाझो, धान˗गहुँ˗ मकै, धान˗मकै˗धान, धान˗आलु˗प्याज, धान˗गहुँ˗धान ।
 हर्दिनाथ १ धान कस्तो क्षेत्रको लागि सिफारिश गरिएको हो 

तराई, भित्री मधेश, रिभर बेसिन तथा ८०० मिटर सम्मको उचाईको लागि सिफारिश गरिएको हो।
 हर्दिनाथ १ धानको बिशेष गुणहरु के के छन् ?

छोटो पाक्ने अवधि (१०० देखि ११०) दिन, होचो (१०० देखि १०५ से.मी.) र उत्पादकत्व ४२०० के.जी. प्रति हेक्टर दिन सक्ने जस्ता गुणहरु रहेका छन् ।

तराई क्षेत्रको लागि चैते धानको जातहरु के के छन् ?

हर्दिनाथ १, चैते धान २, चैते धान ४, चैते धान ६, बिन्देश्वरी र सि.एच. ४५ जस्ता जातहरु चैते सिजनमा लगाउन सकिने जातहरु हुन ।
 बाढी आउने वा पानी बढी हुने जग्गाको लागि धानको कुन कुन जात उपयुक्त हुन्छ ?

स्वर्णा सब १, सावा सब १ जस्ता धानका जातहरु बाढी आउने तथा पानी जम्ने वा बढी हुने ठाँउका लागि उपयुक्त हुन्छ । यो धानको बेर्ना १० देखि १५ दिन सम्म पानीले डुबाउदा पनि मर्दैन ।
 तराईको लागि सुख्खा सहन सक्ने धानका जातहरु के के सिफारीश गरिएका छन् ?

तरहरा १, हर्दिनाथ २, सुख्खा धान १, सुख्खा धान २, सुख्खा धान ३, सुख्खा धान ४, सुख्खा धान ५, सुख्खा धान ६ लगायतका धानका उन्नत जातहरु सिफारीस गरिएका छन् ।

Pages