प्रमुख समाचार
उपाध्यक्ष काम, कर्तव्य र अधिकारहरू के के हुन ?
उपाध्यक्ष काम, कर्तव्य र अधिकार तलरहेकाछन् ।
- न्यायिक समितिकाे संयाेजक भइ कार्य गर्ने ।
- अध्यक्ष वा प्रमुखकाे अनुपस्थितिमा निजकाे कार्यभार सम्हाल्ने,
- गैरसरकारी संघसंस्थाका क्रियाकलापकाे समन्वय गर्ने ,
- उपभाेक्ता हित संरक्षणसम्बन्धी कार्यकाे समन्वय गर्ने ।
- याेजना तथा कार्यक्रमकाे अनुगमन तथा सुपरिवेक्षण गरी साेकाे प्रतिवेदन बैठकमा पेस गर्ने,
- सभा र कार्यपालिकाद्रारा गठित समितिहरूकाे काममा सहजिकरण र समन्वय गर्ने ,
- सात दिनभन्दा बढी समय गाउँपालिकामा अनुपस्थित हुने भएमा अध्यक्ष वा प्रमुखलाइ जानकारी गारउने,
- सभा, कार्यपालिका तथा अध्यक्ष वा प्रमुखले प्रत्यायाेजन गरेका वा ताेकेका अन्य कार्य गर्ने ।