प्रमुख समाचार
अध्यक्ष वा प्रमुखकाे काम, कर्तव्य र अधिकारहरू के के हुन ?
काम, कर्तव्य र अधिकार तल देहायबमाेजिम हुनेछन ः-
- सभा तथा कार्यपालिकाकाे बैठक बाेलाउने र बैठककाे अध्यक्षता गर्ने ।
- सभा तथा कार्यपालिकमा बैठकमा बैठककाे कार्यसूची तथा प्रस्ताव पेस गर्ने, गराउने,
- बार्षिक कार्यक्रम तथा बजेट तयारी गरी सभामा पेस गराउने,
- सभाकाे अधिवेशन आह्वान र अन्त्य गर्ने ।
- सभा र कार्यपालिकाकाे निर्णय कार्यान्वयन गर्ने, गराउने,
- कार्यपालिकाकाे दैनिक कार्यलयकाे सामान्य रेखदेख, निर्देशन र नियन्त्रण गर्ने ।
- उपाध्यक्ष कार्यपालिकाका सदस्य तथा प्रमुख प्रशासकीय अधिकृतलाइ काजमा खटाउने ,
- दफा १२ काे खन्ड ङ बमाेजिम वडा समितिबाट सम्पादन हुने सिफारिस तथा प्रमाणित हुने बिषयबाहेक प्रचलित नेपाल कानुनबमाेजिम स्थानिय तहबाट गर्नु प्रर्ने प्रमाणित वा सिफारिस गर्ने ।
- गाउँपालिका चल,अचल, सम्पति हेरचाह तथा मर्मत सम्भार गर्ने , गराउने र अाम्दानि, खर्च,हिसाब र अन्य कागजपत्र सुरक्षित राखने, राखन लगाउने,
- गाउँपालिका समिति, उपासमिति तथा वडा समितिकाे कामकाे रेखदेख गर्ने ,
- सार्वजनिक सेवा प्रवाहसम्बन्धी गुनासाे ब्यवस्थापन गर्ने,गराउने,
- सात दिन भन्दा बढि समय गाउँपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्षलाइ कार्यभार दिने र उपाध्यक्ष पनिअनुपस्थित भएमा कुनै सदस्यलाइ कार्यभार दिने ।
- सभा वा कार्यपालिकाकाे ताेकेकाे अन्य काम गर्ने ।