FAQs Complain Problems

गाउँपालिकाकाे संख्या र सिमानाः-

  1. गाउँपालिका संख्या र चार किल्ला खुलेकाे सिमानाकाे निर्धारण संविधानकाे धारा २९५ काे उपधारा (३) बमाेजिम हुने छ ।
  2. नेपाल सरकारकाे उपदफा (१) बमाेजिम निर्धारण भएकाे गाउँपालिका तथा पुर्वाधार विकासकाे अवस्था, अ्रार्थिक सक्षमता, प्राकृतिक स्राेत साधनकाे उपलब्धता, भाषिक, सांस्कृतिक तथा सामुदायिक बनाेटकाे अ्राधारमा उपदफा (३) र (४) काे अधिनमा रही हेरफेर गर्न सकिने छ । तर एक जिल्लाकाे गाउँपालिका अर्काे जिल्लामा पर्ने गरी संख्या र सिमाना हेरफेर गरिने छैन ।
  3. गाउँपालिकाकाे संख्या वा  सिमाना हेरफेरबाट  प्रभावित हुने गाउँपालिकाकाे सभामा तत्काल कायम रहेकाे सदस्य संख्याकाे दुइ तिहाइ बहुमतबाट प्रस्ताव पारित गरी प्रदेश सरकारमा पठाउनु पर्ने छ ।
  4. उपदफा (३) बमाेजिम प्रस्ताव प्राप्त भएकाे पन्ध्र दिनभित्र प्रदेश सरकारले साे प्रस्तावबमाेजिम गाउँपालिकाकाे संख्या वा सिमाना हेरफेर गर्न नेपाल सरकारमा सिफारिस गर्नु पर्नेछ ।
  5. गाउँपालिकाकाे संख्या र सिमाना हेरफेर गर्नु पर्ने भएमा गाउँपालिकाकाे निर्वाचन हुने मितिभन्दा कम्तिमा एक वर्ष अगावै गरी सक्नु प्रर्ने छ ।