FAQs Complain Problems

वडा अध्यक्षकाे काम, कर्तव्य र अधिकारहरू के के हुन ?

वडा अध्यक्षकाे काम, कर्तव्य र अधिकार देहायबमाेेजिम छन्

  1. वडा समितिकाे अध्यक्ष भइ कार्य गर्ने ,
  2. वडा समितिका सदस्यहरूकाे काममा समन्वय र सहजिकरण गर्ने,
  3. वडाकाे विकास याेजना, बजेट तथा कार्यक्रम तयार गर्ने, गर्न लगाउने तथा स्वीकृतिका लागि गाउँपालिका पेस गर्ने ,
  4. वडाबाट कार्यान्वयन हुने याेजना तथा कार्यक्रम कार्यन्वयन गर्ने, गराउने, साेकाे अनुगमन तथा आवधिक समिक्षा गर्ने, गराउने,
  5. दफा १२ काे खन्ड ङ मा उल्लिखित विषयमा सिफारिस तथा प्रमाणित सम्वन्धी कार्य गर्ने,
  6. सात दिन भन्दा बढी समय वडामा अनुपस्थित हुने भएमा वडाकाे दैनिक प्रशासनिक तथा सिफारिससम्वन्धी कार्य गर्न सम्बन्धित वडा समितिकाे कुनै सदस्यलाइ जिम्मेवारी ताेकी साेकाे जानकारी अध्यक्ष वा प्रमुखलाइ दिने,
  7. कार्यपालिका, सभा वा वडा समितिले ताेकेका अन्य कार्य गर्ने ।